Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको २९ औं स्मृति दिवसमा विभिन्न कार्यक्रम  गरि सम्पन्न

जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको २९ औं स्मृति दिवसमा विभिन्न कार्यक्रम  गरि सम्पन्न

जोईन खबर

१५, फाल्गुण २०८०
  • 610
    SHARES
  • जनयुद्धका  प्रथम शहिद दिल बहादुर रम्तेलको २९ औं स्मृति दिवसमा  विभिन्न कार्यक्रम  गरि सम्पन्न

    १५ फागुन काठमाडौँ । तत्कालीन नेकपा माओवादीद्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका शहिद  दिलबहादुर रम्तेलको २९औं स्मृति दिवसको सन्दर्भमा बारपाक सुलिकोट गाउँपार्टीले  विभिन्न कार्यक्रम  गरि सम्पन्न गरेको छ । जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको २९ औं स्मृति दिवस रम्तेलको जन्मथलो तथा शहिद दिल बहादुर रम्तेल स्मृति पार्कको जराङ डाडाँ हिजो फागुन १४ गते मनाइएको हो।

    images

    427934614_780654894089386_5529347246748795766_n.jpg

    images
    images
    images

    प्रथम शहिद रम्तेल बि.स २०५२ साल फागुन १४ गतेका दिन गोरखाको पुन्द्रुङ  ब्रम्हाचारिणी निमावि  कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी जनयुद्धका  बेला  माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हानेको गोली लागि मृत्यु भएको  थियो । उक्त फागुन १४ गतेको सम्झना र प्रथम शहिद रम्तेलको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्मृतिसभा सहितको कार्यक्रम गरिएको हो ।नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टी समितिको आयोजनामा रम्तेलकै घर नजिकै जराङ्ग डाँडामा आयोजित श्रद्धान्जली कार्यक्रम गरिएको थिए ।

    428629033_1473669470221475_5159404604358924902_n.jpg

    स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टी समितिको आयोजनामा उँहाकै घर जराङ्ग डाँडामा श्रद्धान्जली सहितको कार्यक्रम गरिएको छ । त्यस्तै स्मृति दिवसको अवसर पारेर दिल बहादुर रम्तेल स्मृति पार्क जराङ्ग डाँडामा निर्माण गरिएको रम्तेलको शालिक गण्डकी प्रदेस सभाका सभामुख कृष्ण धितालले अनारवण समेत गरिएको  बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    423223713_780654607422748_7801841939029807781_n.jpg

    गण्डकी प्रदेस सभाका सभामुख कृष्ण धितालले एक कार्यक्रमका बिच शहीद रम्तेलको शालिक अनारवण गर्नुभएको हो ।प्रथम शहिद दिल बहादुर रम्तेलको २९ औं स्मृति दिवसकै अवसरमा बारपाक सुलिकोट गाउँपालिका भित्रका जनयुद्धका शहीद, बेपत्ता परिवार र घाइतेहरुलाई गाउँपालिकाको तर्फबाट नगद रु १० हजार रुपैया सहित सम्मान कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो ।

    425027565_1473663136888775_7850802348135468374_n.jpgयस्तै दिवसको अवसर पारेर योङ कम्युनिष्ट लिग ९वाइसिएल० गोरखा र अखिल क्रान्तिकारी गोरखाले शहीद दिलबहादुररम्तेल र कौशिला गुरुङले अध्ययन गर्नुभएको पन्द्रुङ जराङ स्थित श्री ब्रम्हचारिणी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।

    408875345_6948187001946180_2475855325775814905_n.jpg

    जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको २९ औं स्मृति दिवसको  कार्यक्रममा गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्य  र  बारपासुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टअध्यक्षता भएको कार्यक्रममा संबिधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र गोरखा जिल्ला इन्चार्ज अमर तमु,नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य डा बुद्धि नेपाली , नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य कमला नहर्कि, नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट नेकपा माओवादी केन्द्र पार्टी अध्यक्ष  नरबहादुर  गुरुङ,  जनवादी कलाकार झनकार बुढा मगर, योङ कम्युनिष्ट लिग वाइसिएलका प्रचार प्रसार विभागका उपप्रमुख धिरज उपरकोटी, गोरखाका जिल्ला बिधार्थीहरुका नेताहरु सुलभ अंगाई, राजन आले मगर तथा पार्टीका सबै नेता कार्यकर्ता  बारपाक सुलिकोट गाउँपालिका  सबै वडाका जनप्रतिनिधि कार्यपालिक सदस्य जनसमुदायहरुको उपस्थिति रहेको थियो ।

    427706298_780654800756062_6424981326549826576_n.jpg

    427928443_780654857422723_6776749479968079559_n.jpg423240348_780654570756085_7853632953096135016_n.jpg

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ११:५३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको