१५ फागुन काठमाडौँ । त्रिकोणात्मक टी २० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा जान फ्रिलिंकलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए ।
१०.४ ओभरमा आउट हुनुअघि फ्रिलिंकले ७ बलमा ५ रन बनाए । उनी आउट हुँदा नामिबिया ६२ रनको स्थितिमा छ ।यो रोहितको दोस्रो सफलता हो । यसअघि उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका थिए ।
यसअघि करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरेका थिए । उक्त खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले १५ ओभरमा १३३ रन बनाएको छ ।