१५ फागुन काठमाडाैँ । गाेरखाकाे पालुङटार नगरपालिका वडा न ७ च्याङलीका महिलाहरुलाई मेसिनरी सामग्री वितरण गरिएको छ । सिलाइ कटाई तालिम लिएर व्यवसाय संचालन गरेका महिलाहरुलाई नगरपालिकाको समन्वय, लुथरन वर्ल्ड रिलिफको साझेदारी तथा सहमति नामक संस्थाको सहयोगमा सामग्री हस्तान्तरण गरिएकाे थियाे ।विपद उत्थार्नाशल युवा तथा महिला उद्यमी परियोजना अन्तरगत तीन लाख बराबरको सामग्री वितरण गरिएको सहमतिका परियोजना संयोजक शिव सुवेदीले बताए।
त्यही बेला व्यवसाय संचालन गर्नुभयो भने हामी आवश्यक मेसीनरी सामग्री सहयोग गछौं भनेका पनि थियौ । त्यही बमोजिम आज उहाहरुलाई सामग्री वितरण गरेका हौ ।' पसल संचालनका लागी आवश्यक इन्टरलक मेसिन, सिलाइ मेसिन, पसलको साइनबोर्ड लगायतका सामग्री वितरण गरिएको उनले जानकारी दिए।
सोमवार एक कार्यक्रमका बीच उक्त सामग्री तालिमका सहभागीहरुलाई हस्तान्तरण गरिएको हो। बडाध्यक्ष अर्जुनबहादुर कुमालको अध्यक्षता तथा नगर प्रमुख विवश चिन्तनको पमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख बन्दना पाण्डे, उद्यमी भगवती कुमाल, मनासु महतो लगायत उपस्थिति भएका थिए ।
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार -
१४:५०:१६ बजे