Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण

गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण

जोईन खबर

१५, फाल्गुण २०८०
  • 850
    SHARES
  • गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण

    १५ फागुन काठमाडौँ । दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को १४ औँ संस्करणको तयारी सुरु भएको छ ।कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ ।

    images

    आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले सोमबार तेक्वान्दो मास्टर्सद्वय अमुल गोर्खाली र तेक्वान्दो मास्टर नेत्रबहादुर घर्ती मगरले अमेरिकाको पोर्टल्यान्डमा रहेको युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडबाट सहभागी हुने आयोजक टिमका खेलाडीहरुलाई दुई दिनको विशेष प्रशिक्षण दिनुभएको जानकारी दिनुभयो । प्रशिक्षकद्वयले पुम्से, स्पाइरिङ, ग्यारोगी विधाका साथै निर्णायकहरुलाई नयाँ स्कोरिङ सिस्टमबारे पनि ज्ञान दिनुभएको थियो ।

    images
    images
    images

    सिक्स डान घर्तीमगर प्रतिष्ठित दुई तेक्वान्दो प्रतियोगिता युएस ओपन र क्यानाडा ओपनमा खेलेर हलिउड तेक्वान्दो स्कुलबाट सहभागी हुने प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिन पोर्टल्यान्ड आउनुभएको हो । घर्ती मगरले विगत दस वर्षदेखि युएइको अबुधाबीमा रहेको बाराउडी स्पोर्ट्स क्लबमा तेक्वान्दो सिकाउँदै आउनुभएको छ । यसैगरी अर्का प्रशिक्षक गोर्खाली इभरेस्ट तेक्वान्दो मिचिगनका डिरेक्टर पनि हुनुहुन्छ ।आइओएफटिसीका निर्देशक महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दुई दिने ट्रेनिङ क्याम्पको समापन कार्यक्रममा गोर्खाली र घर्तीमगरलाई स्पेशल अवार्ड प्रदान गर्नुभयो ।

    अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।

    आइओएफटिसीको १४ औँ संसकरणमा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ ।प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १६:१८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको