Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीको विजयी सुरुआत

प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीको विजयी सुरुआत

जोईन खबर

१५, फाल्गुण २०८०
  • 790
    SHARES
  • प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीको विजयी सुरुआत

    १५ फागुन काठमाडाैँ । प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार नेपाल आर्मीले विजयी सुरुआत गरेको छ ।जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलले पराजित ग¥यो । आर्मीका डमरा भट्टले २ र निलिमा पाण्डेले १ गोल गरे ।

    images

    मदन भण्डारीकी ‘प्लेयर अफ द म्याच’ सपना मण्डलले १ गोल गरिन् ।अन्य खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशले सफलता पाए । कोशीले मधेश प्रदेशलाई ३–२ गोलले हरायो । कोशीकी सुप्रिया टिगाले २ तथा ‘प्लेयर अफ द म्याच’ हर्सिता कनौजियाले १ गोल गरे । मधेशका लागि प्रीति र शुभम्ले गोल गरे । लुम्बिनीले बागमती प्रदेशमाथि ५–० को सहज जित रच्यो ।

    images
    images
    images

    लुम्बिनीका ‘प्लेयर अफ द म्याच’ अनन्य बर्नवालले ह्याट्रिक गरिन् भने अर्चना साहिब र अर्टिकुलरकुमार बर्मायडले समान १–१ गोल थपे ।प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजकसहित जम्मा ८ टिम सहभागी छन् ।

    विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता फागुन १९ गतेसम्म चल्ने छ ।

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १६:२४:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको