Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरुघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिबिर सुरु

आरुघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिबिर सुरु

जोईन खबर

१६, फाल्गुण २०८०
  • 817
    SHARES
  • आरुघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिबिर सुरु

    १६ फागुन काठमाडाैँ ।गोरखाको आरुघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । मंगलबारदेखि सुरु भएको सो शिबिर आउँदो फागुन २२ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

    images

    आरुघाट गाउँपालिका, आरटीक्याप इन्टरनेशनल जर्मनी र आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा शिबिरको आयोजना गरिएको हो ।

    images
    images
    images

    शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुले हाड जोर्नी तथा सामान्य शल्यक्रिया सम्बन्धी सेवा, जनरल मेडिसिन सम्बन्धि(दम, प्रेसर, सुगर, मुटु, नसा, मिर्गौला, ग्यास्ट्रिक आदि), फिजीयोथेरापी सम्बन्धि सेवा, बालरोग तथा आँखा सम्बन्धि सेवाहरु सञ्चालन भइरहेको पालिकाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १२:१०:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको