Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेदरल्यान्ड्ससँग नेपाल २० ओभरमा झिनाे रनले हा¥यो

नेदरल्यान्ड्ससँग नेपाल २० ओभरमा झिनाे रनले हा¥यो

जोईन खबर

१६, फाल्गुण २०८०
  • 895
    SHARES
  • नेदरल्यान्ड्ससँग नेपाल  २० ओभरमा  झिनाे रनले  हा¥यो

    १६ फागुन काठमाडौँ । त्रिकोणात्मक टी(२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपालले २० ओभरमा  झिनो रनले  हारेको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाएको थियो । 

    images

    नेपालको लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि जित्न भने सकेन ।नेपाललाइ जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो ,भने ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याए पनि तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भएका हुन् ।

    images
    images
    images

    चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् ।रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । 


     

    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १४:५९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको