Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रथम विश्व ओलम्पिक बक्सिङ छनोटमा नेपालबाट दुई खेलाडी

 प्रथम विश्व ओलम्पिक बक्सिङ छनोटमा नेपालबाट दुई खेलाडी

जोईन खबर

१६, फाल्गुण २०८०
  • 874
    SHARES
  •  प्रथम विश्व ओलम्पिक बक्सिङ छनोटमा नेपालबाट दुई खेलाडी

    १६ फागुन काठमाडौँ । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।

    images

    टिम व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन् । मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्ने छ ।ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५ औं संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।

    images
    images
    images

    नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाएका छन् । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छानिने छन् । उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडीले पेरिस ओलम्पिकका लागि छनोट हुने छन् । इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्यान्डको बैंककमा मे महिनामा हुने तालिका छ ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले भने– ‘नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता नजनाएको ३२ वर्ष भएछ । यो लामो समय हो । सायद अबको समय तपाईं दुई जनाको हुन सक्छ । उत्कृष्ट प्रदर्शन गरेर आफूलाई प्रमाणित गरी इतिहास रच्नुस् । तपाईंहरुलाई शुभकामना छ ।’ सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकका लागि परिषद्ले नयाँ ढंगले तयारी  गरी अगाडि बढाउने बताए । 

    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १६:३९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको