Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फाइनल खेल खेल्न नपाए पनि मैदानबाहिर बसेर आफ्नो देशको समर्थनमा हुने : स्ट्राइकर सावित्री भण्डारी

फाइनल खेल खेल्न नपाए पनि मैदानबाहिर बसेर आफ्नो देशको समर्थनमा हुने : स्ट्राइकर सावित्री भण्डारी

जोईन खबर

१७, फाल्गुण २०८०
  • 937
    SHARES
  • फाइनल खेल खेल्न नपाए पनि मैदानबाहिर बसेर आफ्नो देशको समर्थनमा हुने : स्ट्राइकर सावित्री भण्डारी

    १७ फागुन काठमाडाैँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने फाइनल खेलमा खेलाडीको रूपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् ।

    images

    फ्रान्स क्लबमा आबद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध आज रातिहुने फाइनल खेल खेल्न नपाउने भएपछि  सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् । उनले जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्ने गरिन्थ्यो त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छन् ।

    images
    images
    images

    उनले टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जाने विश्वास गरेकी छन् । उनले भनेकी छन्,‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । खेलाडीको रूपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । 

     

    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - १४:५४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको