१७ फागुन काठमाडाैँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियाले नेदरल्यान्ड्ससंग २० ओभरमा ५९ रनले हराएको छ ।नेदरल्यान्ड्सले लगातार दोस्रो जितसंगै फाइनल बलियो बनाएको छ ।नेदरल्यान्ड्सले नामिबियालाइ जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याए पनि नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन मात्र बनाएकाे थियाे ।
नामिबियाका जान फ्रेलिंकले ४२ रन ,विकेटकिपर जेन ग्रीनले ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए ।जेपी कोट्जी २६ रन, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाएका थिए।त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सको यसअघि टी-२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो ।नामिबियाले नेपाललाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो ।नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।