Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आगालागि पिडित गुरुङ परिवार लाई २५ हजार बराबरको आर्थिक सहयोग हस्तान्तरण

आगालागि पिडित गुरुङ परिवार लाई २५ हजार बराबरको आर्थिक सहयोग हस्तान्तरण

जोईन खबर

१७, फाल्गुण २०८०
  • 946
    SHARES
  • आगालागि पिडित गुरुङ परिवार लाई २५ हजार बराबरको आर्थिक सहयोग हस्तान्तरण

     १७ फागुन काठमाडाैँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी साबिक वडा नं ८ रन्चोकमा गत फागुन ५ गते दिउँसो १२:३० बजेको समयमा अकास्मात आगालागि भइ दुई घरमा पुर्ण र एक घरमा आम्सिक क्षेति भएको थियो ।

    images

    mil2.jpg

    images
    images
    images

    आगालागिको कारण उक्त घरहरुमा भएको अन्नपात , धनमाल, लत्ताकपडा लगायतका सामाग्रीहरु जलेर नस्ट भइ १२ लाख भन्दा धेरैको क्षेति भएको थियो। उक्त आगालागि बाट पिडित परिवार लाई आज स्थानिय लोक कल्याणकारी सामाजिक संस्था गो ड्राईभरबा मेमोरियल फाउण्डेशन ट्र्स्टले आगालागिको कारण घर पुर्ण क्षेति भएको सुक बहादुर गुरुङ्को परिवार लाई नगद रु २०,००० अक्षरुपि( बिस हजार )र आम्सिक क्षेति भएको सुन्दर गुरुङ्को परिवार लाई नगद रु ५,००० अक्षरुपि (पाँच हजार) गरि जम्मा नगद रु २५,००० (पच्चिस हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    mil1.jpg

    बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर गुरुङ ,ट्रस्टका सचिव मिलन ढकाल ,स्थानिय समाजसेवि बुद्दिजिवी लगायतको रोहोवर तथा उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको ट्रस्टका कोषाध्यक्ष दिपक ढकालले जानकारी दिए।

    साथै आजनै सोहि वडा निवासि मानशिक रोगको औषधी सेवन गर्न एक महिलाको घरको आर्थिक अबस्था कमजोर भएको कारण औषधी सेवनमा समस्या परेको ब्यक्ति लाई समेत उक्त ट्रस्टले १ वर्ष सम्म औषधी सेवनको लागि मासिक रु पाँच सयको दरले छ हजार नगत सहयोग हस्तान्तरण गरिएको ढकालले जानकारी दिए।

    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - २१:२०:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको