१८ फागुन काठमाडौँ । जिल्ला मोरङको बेलबारीमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने मोरङ सडक खण्डमा प्रदेश ०२(००१ ख ९६७६ नम्बरको टिपरले मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार गर्ने तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बोलेरोमा सवार गर्दा मृत्यु हुने झापाको कमल गाउँपालिका वडा न २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीका बताएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बोलेरोमा सवार गर्ने ५ जना मध्ये ३ को मृत्यु भएको छ, भने दुई जना सोही ठाउका हरि खनाल र गायत्री भट्टराई घाइते भएका हुन् ।
घाइतेहरुकोको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले प्रहरीले ट्रिपर चालक सुन्दरहरैंचा नगरपालिका ७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिइ अनुसन्धान गररिहेको बताए ।