Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 

भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 

जोईन खबर

१८, फाल्गुण २०८०
  • 640
    SHARES
  • भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 

    १८ फागुन काठमाडौँ । भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकार संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताएका हुन् । 

    images

    स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखा पर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले बताए । 

    images
    images
    images

    संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उनले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा बजेट कम भएको गुनासो आउने गरेको जनाउँदै उनले भने, ‘स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ, अधिकतम बजेटको व्यवस्था गर्ने कोसिस यस पटक हुन्छ, यो विश्वास दिलाउन चाहन्छु ।’

    भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखासम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो ।

    सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले आँखा अस्पतालमा विगतमा झैँ आगामी दिनमा पनि पाकिस्तानी सरकारले सहकार्य गर्दै जाने बताए । अस्पतालको नवनिर्मित भवनको भवन निर्माण समितिका संयोजक एवं नेपाल नेत्र ज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले रु १३ करोड ५० लाखमा भवन निर्माण गरिएको बताए ।

    अस्पतालका सेवा सुविधा र समस्याका बारेमा अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं सङ्घका सभापति जयराम श्रेष्ठ र अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले जानकारी गराएका थिए । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।रासस

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - ११:००:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको