१८ फागुन काठमाडौँ । त्रिकोणात्मक टी २०आई सिरिजअन्तर्गत आजको खेलमा पनि नेपाले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८० रन मात्र बनाएको छ ।
नेपालले ७।२ ओभरमा ६४ रन बनाएर ४ विकेट गुमाएका थिए । त्यस पछि नेपाल जितको लागि धेरै दबाबमा परेको हो । नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग साझेदारी गरेर ८५ रन बनाएर पाँचौ विकेटमा आरिफ ३१ रन बनाउदा आउट भए ।
सातौं ओभरको ओपनर अनिल साह २३ रन आठौं ओभरको दोस्रो बलमा गुल्शन झा २६ रनमा आउट दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले पनि उनी ५५ रनमा नट आउट भए पछि नेपालको जितको नजिक पुग्न दबाबमा छ ।
नेपालको टोली रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, आसिफ शेख,दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख खेलेका थिए ।