Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आजको तेस्रो खेलमा नेपालले नामिबियालाई  ३ रनले हरायो 

 आजको तेस्रो खेलमा नेपालले नामिबियालाई  ३ रनले हरायो 

जोईन खबर

१८, फाल्गुण २०८०
  • 829
    SHARES
  •  आजको तेस्रो खेलमा नेपालले नामिबियालाई  ३ रनले हरायो 

    १८ फागुन काठमाडौँ । त्रिकोणात्मक टी -२० आई सिरिजमा नेपालले नामिबियालाई ३ रनले हराएको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटीङको निम्तो पाएको नेपालले  जितका लागि १८१ रनको लक्ष्य दिएको नामिबियालाई निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाएको थियो ।

    images

    नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले ८ रन मात्र दिए । नामिबियालाई हराउँदै नेपालले फाइनल  खेल्ने संभावना कायम गरेको छ । 

    images
    images
    images

    ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाउदा, कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।ओपनर अनिल साह २३ रन,गुल्शन झा २६ रन,दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए ।

    कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नेपालको टोली  रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, आसिफ शेख,दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख  खेलेका थिए । 

     

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - १५:४४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको