Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुसा मसला एण्ड वाङ्चुक पिक ओपन लिड क्लाइम्बिङ प्रतियोगिता फागुन अन्तिममा हुने

मुसा मसला एण्ड वाङ्चुक पिक ओपन लिड क्लाइम्बिङ प्रतियोगिता फागुन अन्तिममा हुने

जोईन खबर

१८, फाल्गुण २०८०
  • 1.0K
    SHARES
  • मुसा मसला एण्ड वाङ्चुक पिक ओपन लिड क्लाइम्बिङ प्रतियोगिता फागुन अन्तिममा हुने

    १८ फागुन काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा यही फागुन २६ गते मुसा मसला एण्ड वाङ्चुक पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२४ हुने भएको छ ।आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दिने प्रतियोगिता कामनापा वडा नम्बर १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा प्रतियोगिता हुने जानकारी गराएको हो ।

    images

    खुल्ला प्रतियोगिता भएकोले १४ वर्ष भन्दा माथिका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले यस प्रतियोगितामा भाग लिन पाउने काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए ।प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आईएफएससी) द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार संचालन गरिनेछ । प्रतियोगितामा महिला तथा पुरुष गरी अनुमानित ५० जना खेलाडीहरु सहभागि हुने आयोजकले जनाएको छ ।स्पोर्ट क्लाइम्बिङमा मुख्यगरी बोल्डरिङ, लिड र स्पीड गरी तीन विधा हुने भएपनि अन्तर्राष्ट्रिय नियम अनुसार नै यस पटक लिड प्रतियोगिता गर्न लागेको श्रेष्ठले जानकारी दिए ।यस प्रतियोगिताको प्राविधिक सहयोगिको रुपमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ रहेकोछ ।

    images
    images
    images

    उनीहरुले प्रतियोगिता अवधिभर निर्णायक मण्डल तथा अन्य प्राविधिक पक्षलाई सम्हाल्ने छन् । प्रतियोगिता अवधिभर सुरक्षाको प्रत्याभुति हुने गरि, भैपरि आउन वा हुसक्ने जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागी प्रतियोगीहरु तथा प्राविधिक व्यक्तिहरुको न्यूनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिनेछ ।यस प्रतियोगिताको उद्देश्य भनेका यस खेल र यस खेलकुदमा आवद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक र अन्य पक्षहरुको मनोवल उच्च राखी अझ यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार प्रसार गरि राजश्वमा टेवा पुर्याउनु पनि रहेको प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।प्रतियोगिताको क्वालिफिकेसन राउण्ड बिहान ८ देखि १२ बजेसम्म हुनेछ । त्यसबाट महिला ८ र पुरुष ८ खेलाडी अन्तिम चरणमा छनोट हुनेछ । फाइनल चरणको खेल दिउँसो २ देखि ६ बजेसम्म हुनेछ ।अन्तिम चरणपछि फाईनल राउण्डद्वारा महिला तथा पुरुष बाट समान रुपमा प्रथम, द्वितिय र तृतिय विजेताहरु घोषित गरिनेछ ।

    विजेताले नगद २० हजार पाउनेछ भने दोस्रोले १० हजार र तेस्रवले ५ हजार पाउनेछ ।यस प्रतियोगिताको मुख्य प्रायोजक संयुक्त रुपमा अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वाङ्चुक पिक प्रोमोसन रहेको छ । दुवै संस्थाले जिगत दुई तीन वर्ष देखि नेपालमा हुने हरेक स्पोर्ट क्लाइम्बिङ खेलकूद गतिविधिहरुमा सहकार्य गर्नका साथै उनीहरुले हरेक वर्ष आफै पनि प्रतियोगिता आयोजना गर्दै आईरहेका छन् ।मुसा मसलाका नेपाल प्रतिनिधि लाक्पा शेर्पाले वाङ्चुक पिकले पनि हरेक वर्ष क्लाइम्बिङ प्रतियोगिता गर्दै आइरहेको र दुवै पक्षको उदेश्य मिलेकोले प्रायोजन गरेको जानकारी दिइन् ।

    प्रतियोगिताको अन्य प्रायोजकहरुमा स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरलाई प्रायोजन गर्दै आईरहेको ईटालियन ब्राण्ड स्कार्पा रहेको छ भने अन्य सह प्रायोजकहरुमा ब्ल्याक डायमण्ड, बीइएल, क्याजुअल एसजी, टक्यो पाउडर इन्डस्ट्रिज, इन्फिनिटी वेयर्स, बज्र फिटनेस, पाङ्ग्रो र पेरिपिङ्कल सर्भिस रहेका छन् । यस्तै कन्ट्रिबुसन प्रायोजकको रुपमा फ्रान्समा अवस्थित सुपर क्लाइम्बिङ, हस्पिटालिटी पार्टनरको रुपमा ल्यान्डमार्क होटेल एण्ड रिसोर्ट, मेडिकल पार्टनरको रुपमा स्टार हस्पिटल  सेक्युरिटि पार्टनरको रुपमा भिजन सेकुरिटिज रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - १६:०२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको