Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गाबारे मालपोत कार्यालयको फाइल झिकाउन सर्वोच्च अदालतको आदेश

बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गाबारे मालपोत कार्यालयको फाइल झिकाउन सर्वोच्च अदालतको आदेश

जोईन खबर

१८, फाल्गुण २०८०
  • 829
    SHARES
  • बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गाबारे मालपोत कार्यालयको  फाइल झिकाउन सर्वोच्च अदालतको आदेश

    १८ फागुन काठमाडाैँ । बाँसबारी छाला तथा जुत्ता कारखानाकाे १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतले आदेशको दिएको छ ।

    images

    अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मालपोतको फाइल झिकाउने आदेश दिएको हो ।मालपोत कार्यालय, डिल्लीबजारले २४ माघमा च्याम्पियन फुटवेयर प्रा.लि.को नाममा दर्ता कायम रहेको जग्गा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्राअनुसार ‘सरकारका नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन’ भन्दै सञ्चालक समितिका सीजी चाँदवाग रेसिडेन्सी प्रा.लि.लाई पत्र काटेको थियो ।

    images
    images
    images

    सीआईबीले १८ फागुनमा च्याम्पियन फुटवेयर प्रा.लि. (हालको सीजी चाँबाग रेसिडेन्सी प्रा.लि.) का सञ्चालक एवं शेयर धनी अरुणकुमार चौधरी, सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।।

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - १७:११:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको