१९ फागुन काठमाडाैँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिडदै छन् । आज टीयु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ ।
नेदरल्यान्ड्सले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच १० टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ मा जित र ५ खेलमा पराजित भएको छ ।