१९ फागुन काठमाडाैँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्संगको खेलमा छैटाैँ सफलता हात पारेको छ ।
९.५ औं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै प्रतिश जिसीले नेपाललाई चौथो सफलता दिलाएका हुन् ।पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।
टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो ।पहिलो ओभरमा करण केसीले छैटाैँ विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।
नेपाली टाेलीहरू कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।




