Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभर धेरै स्थानमा हल्का वर्षाको सम्भावना, काठमाडौँमा बिहान देखिनै हल्का वर्षा

आज देशभर धेरै स्थानमा हल्का वर्षाको सम्भावना, काठमाडौँमा बिहान देखिनै हल्का वर्षा

जोईन खबर

२०, फाल्गुण २०८०
  • 709
    SHARES
  • आज देशभर धेरै स्थानमा हल्का वर्षाको सम्भावना, काठमाडौँमा बिहान देखिनै  हल्का वर्षा

    २० फागुन काठमाडाैँ । आज देशभर धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का वर्षा भएको छ ।

    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।काठमाडौँको आकाशमा बिहानैदेखि बादल लागेको छ ।

    images
    images
    images

    दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १०:५५:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको