२० फागुन काठमाडौँ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने भएको छ ।आज भएको सेमिफाइनल खेलमा नामिबिया र नेदरल्यान्ड्सबीचको खेलमा खेल हुदा हुदै वर्षाका कारण रोकीए पछि एक एकअंक बाँडिएको थियो ।
त्रिकोणात्मक टि २० सिरिज खेलमा नेपाल, नामिबिया ,नेदरल्यान्ड्सबिच भएको खेलमा अंक तालिका अनुसार नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँको छ, भने नेपाल ४ खेलमा ४ अंक जोड्को छ । त्यसै नामिबियाले ४ खेलमा ३ अंक मात्र प्राप्त गरे पछि नामिबिया तेस्रो स्थानमा पुगेको हो ।
नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण खेल पूरा नहुदा अंक बाँडिदा नेदरल्यान्ड्सले नामिबियालाइ पछि पार्दै नेपाल संग मंगलबार फाइनल खेल खेल्न बलियो स्थान बनाएको हो । मंगलबार हुने फाइनल खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर हुनेछ ।