Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना हुने

प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना हुने

जोईन खबर

२०, फाल्गुण २०८०
  • 871
    SHARES
  • प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना  हुने

    २० फागुन काठमाडौँ । काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

    images

    नारी दिवसका दिन फागुन २५ गते कमलपोखरीस्थित सिटी सेन्टर मलमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव विजयतमरत्न बज्राचार्यले जानकारी गराए ।प्रतियोगितामा जम्मा तीन तौलसमूह प्रतिस्पर्धा हुनेछ । ५७ केजीमुनि, ५७।१ देखि ६५ केजीसम्म र ६५ केजीमाथि तौलसमूहमा खेल हुनेछ ।

    images
    images
    images

    प्रतियोगितामा नेपालभरिका विभिन्न जिम क्लब तथा संघ संस्थाहरूबाट करिब ९० खेलाडीको सहभागिता रहने टेक्निकल कमिटीका संयोजक सुकदेव कार्कीले बताए ।प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २० हजार १ सय, १० हजार १ सय र ५ हजार १ सय नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

    प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५ लाख ७५ हजार खर्च हुने संघकी अध्यक्ष शोभा गुरुङले जानकारी गराएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १६:५५:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको