Logo

मंगलवार, कार्तिक ११ गते २०८३

हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेका लागि सोलुखुम्बु प्रस्थान

हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेका लागि सोलुखुम्बु प्रस्थान

जोईन खबर

२२, चैत्र २०७९
  • 667
    SHARES
  • हरि  बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेका  लागि सोलुखुम्बु प्रस्थान

     २२ चैत काठमाडौ । हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । शारीरिक अशक्त रहनुभएका उहाँका दुवै खुट्टा छैनन् । उहाँ कृत्रिम  खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ ।

    images

    सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले पाँच वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताउनुभयो ।

    images
    images
    images

    उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताउनभयो । 

    उहाँले भन्नुभयो, ‘पाँच वर्षको धेरै बाधा अड्चनपछि फाइनल्ली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुसी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ । हिमाल चढ्न चाहनेलाई हिमाल चढाउनु । 

    सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ ।

    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - १४:५९:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको