२१ फागुन कामठाडौँ । भक्तपुरको मध्यपुर खोलामा स्कुटरसहित शव एक युवकको शव भेटिएको छ । भक्तपुरको थिमी नगरपालिका–९ स्थित राधेराधे हनुमन्ते खोलामा स्कुटरसहित शव एक युवकको शव फेला पारीएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए ।
मृतक फेला परेका इलामको इलाम नगरपालिका–३ घर भर्ई हाल काठमाडौँ कोटेश्वर बस्ने २६ वर्षीय छत्र थापा रहेको प्रहरीले बताएका छन् । प्रहरीले आज सोमबार बिहान शवसँगै बा।८६ प ९७३० नम्बरको स्कुटर फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ । घटना कसरी भयो, किना भयो भन्ने केही खबर आइ पुगेको छैन्।