२३ फागुन काठमाडौँ । महादेव युवा क्लबको आयोजनामा फागुन २६ गते देखि सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज हुने भएको छ । यस आयोजना नागार्जुन वडा न - ७ गोतामथोकस्थित खड्कुले चौरमा हुने भएको हो ।
आयोजकका अनुसार खेलकुदका माध्यमबाट पर्यटन प्रवद्ध्धन र काठमाडौं जिल्लाकै उच्च स्थान १५९० मिटर उचाइमा रहेको सुन्दर खेल मैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।मैत्रीपूर्ण रुपमा हुने यस प्रतियोगितामा युरोपका चर्चित लिगका चार सपोर्टर क्लब चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रवद्र्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्यूचाटारको सहकार्यमा हुने प्रतियोगिताको उपाधि विजेतालाई ३० हजार नगद पुरस्कार हात पार्ने छन् । उपविजेतालाई नगद रु १५ हजार र विधागततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको हो ।