२४ फागुन काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेश सभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
छैटौँ तह अधिकृत अर्याललाई पक्राउ गरीएको डिएसपी राज कुमार श्रेष्ठले बताए ।उनलाइ काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेश सभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको डिएसपी श्रेष्ठले बताए ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । उनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ ।