Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेश सरकारद्वारा ओलम्पियनहरुलाई मासिक ५ हजार सहित सम्मान

गण्डकी प्रदेश सरकारद्वारा ओलम्पियनहरुलाई मासिक ५ हजार सहित सम्मान

जोईन खबर

२४, फाल्गुण २०८०
  • 700
    SHARES
  • गण्डकी  प्रदेश सरकारद्वारा ओलम्पियनहरुलाई मासिक ५ हजार सहित सम्मान

    २४ फागुन काठमाडाैँ । गण्डकी प्रदेश सरकारद्वारा ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई नगद मासिक रू ५ हजारसहित   सम्मान गरेको छ । हिजाे एक कार्यकुम बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् ।सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहेका छन् ।

    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए । उनले भने–“‘हिजो राष्ट्रकालागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ मुख्यमन्त्री पाण्डेले भने । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनले बताउँदै अन्य प्रदेश सरकारका मुख्यमन्त्रीज्यहरुलाई समेत खेलाडीहरुको हितमा निर्णय गर्न आफूले सुझाव दिने बताए ।सो अवसरमा ओलम्पियन तथा नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले प्रदेश सरकारले खेलाडीहरुको हितमा उल्लेखनिय कार्य गरेको बताउँदै प्रदेश सरकारले खेलाडीहरुलाई विरामी भएर ‘सिटामोल’ किन्न समस्या परेको बेला यो रकमले सञ्जिवनीको कार्य गर्ने बताए ।

    images
    images
    images

    गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत भएका ५ सय ९४ जना र पूर्व राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय खेलमा सहभागी भएका एक सय जना गरी ६ सय ९४ जनाको स्वास्थ्य बिमा गरेको छ । पूर्व राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय विमामा उनीहरुको नाम नखुलाइएको तर पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको हितलाई ध्यानमा राख्दै समेटिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।खेल क्षेत्रको बिकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव शर्माले बताए ।

    प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षता र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक बिष्ट लगायतको उपस्थिती रहेको थियो ।नेपाल ओलम्पियन संघका अध्यक्ष विष्टले गण्डकी प्रदेश सरकारले खेलाडीलाई गरेको सम्मानका लागि आभार व्यक्त गर्दै यसले यूवाहरुलाई खेलतर्फ आकर्षण गर्न सहयोग पुग्ने बताए । उनले भने–“यो खेलकुद विकासका लागि दिर्घकालिन सोचका साथ आएको निर्णय हो”–उनले थपे–“यसको जति प्रशंसा गर्दा पनि कम नै हुन्छ । अब खेलेर पनि सरकारले र समाजले सम्वोधन हुन्छ भन्ने विषयलाई यसले स्थापित गरेको छ ।विष्टले गण्डकी प्रदेशका ओलम्पियनका लागि नेपाल ओलम्पियन संघले पनि प्रोत्साहन पुरस्काका लागि पहल गरेको बताएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १५:०१:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको