२४ फागुन काठमाडौँ । नेकपा माओवादि केन्द्रका वरिष्ठ उपाध्यक्ष उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
हिजो मात्र नयाँ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट नियुक्ती भएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग बिहिवार भएको भेटमा हित र सहकार्यका विषयमा छलफल भएको बताए । साथै राजदूत श्रीवास्तवले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ यो भन्दा अघि गृहमन्त्री थिए, भने फेरी नयाँ गठबन्धनले बुधबार उनलाइ परराष्ट्र मन्त्रालयको जिम्मा दिएको हो। श्रेष्ठले परराष्ट्र मन्त्रालयको पदभार भने आज देखि लिएका हुन् ।