Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल प्रहरी लाई हेभि सवारी चालकको तालिम प्रदान

नेपाल प्रहरी लाई हेभि सवारी चालकको तालिम प्रदान

जोईन खबर

२३, चैत्र २०७९
  • 715
    SHARES
  • नेपाल प्रहरी लाई  हेभि सवारी चालकको तालिम प्रदान

    २३ चैत काठमाडौ। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरुलाई हेभि सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १३औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो।

    images

    उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हेभी सवारी साधनको परिचालन, रेखदेख र मर्मत संभार गर्न समय सापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १५ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

    प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ११:०३:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको