Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज महाशिवरात्रि देशभरका शिवालय मन्दिरमा भगवान शिवको पूजा आराधना गरी मनाइँने : बिशेष पशुपतिनाथमा

आज महाशिवरात्रि देशभरका शिवालय मन्दिरमा भगवान शिवको पूजा आराधना गरी मनाइँने : बिशेष पशुपतिनाथमा

जोईन खबर

२५, फाल्गुण २०८०
  • 748
    SHARES
  • आज महाशिवरात्रि देशभरका शिवालय मन्दिरमा भगवान शिवको पूजा आराधना गरी मनाइँने : बिशेष पशुपतिनाथमा

    २५ फागुन काठमडाैँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालय मन्दिरमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

    images

    शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

    images
    images
    images

    पशुपतिनाथमा महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ। काठमाडौंको पशुपतिनाथमा देश विदेशबाट आउँछन्। फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान पशुपतिनाथकै प्रिय दिन, व्रतहरुको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्वपूर्ण दिनका रुपमा लिन्छन्।  हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ। भगवान शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ।

    प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - ०७:२५:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको