२५ फागुन काठमाडौँ । आज शिवरात्रिको दिन काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको भिडभाड देखिएको छ ।आज पशुपतिनाथ मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरुका लागि बिहान २ बजेदेखि ढोका खुला गरिएको थियो । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरिसको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले बताए ।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकचोटीमा नौदेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रि पर्वमा काठमाडौंको पशुपतिनाथ सहितका मन्दिरहरूमा शिवभक्तहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।