२८ फागुन काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रियसभा अध्यक्षको उमेदवार नारायण दाहाललाई बनाउने निर्णय गरेको छ । हिजो बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रियसभाका सदस्य नारायण दाहाललाई उमेदवार बनाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए ।
दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् । दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका उनको अझै चार वर्ष कार्यकाल बाँकी छ ।
सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ ।राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता र मंगलबार निर्वाचन हुँदै छ ।