२८ फागुन काठमाडौँ । गोरखाको उत्तरी धार्चे गाउँपालिकाले गाउँपालिका भित्रका कर्मचारी, हिमाल आरोही, पत्रकार, गायक लगाय १७ जनालाइ नगदसहित सम्मानित गरिएको छ । यस गाउँपालिकले स्थापना दिबसको अबसरमा एक कार्यक्रमबिच गाउँपालिका वडा न ४ बाट सगरमाथा आरोहीहरु मुलाल गुरुङ, तुलसिङ गुरुङ, पूरबहादुर गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ, सन्दिप गुरुङ, वडा नं। ३ का ओमबहादुर गुरुङलाई नगदसहित सम्मानित पत्र दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जनाकारी दिए ।

सगरमाथामा धार्चेको लोगो सहित आरोहण गर्ने धार्चे ४ का इमान गुरुङलाई रु ६० हजार, मनास्लु हिमालमा धार्चेकै लोगो सहित आरोहण गर्ने आरोही नानुमायालाई रु ४० हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।यस्तै धार्चे गाउँपालिका वडा न ३ बाट सबैभन्दा पहिले एस।एल।सि पास गर्ने इन्द्र घले,वडा न ५ का धनबहादुर गुरुङ, धार्चेको पहिलो पत्रकार केशब गुरुङ र २०६९ को एस।ई।ई परीक्षामा उत्कृष्ट अंक ल्याउने खुश्बु गुरुङलाई रु १० हजार, समग्रमा एस।ई।ई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने केरौंजा मा।वि लाइ रु ५० हजार, गाउँपालिका भित्रका उत्कृष्ट कर्मचारी असिम गुरुङलाइ नगद रु १० हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थापना दिबसको अबसरमा भएको सम्मानित कार्यक्रमको पुरस्कार वितरण जिल्ला समन्वयका प्रमुख, गाउँपालिका अध्यक्ष,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले हस्तान्तरण गर्नु भएको थियो । गाउँपालिकाले यसै अवसरमा गाउँपालिका भित्रका विभिन्न ठाउँमा सरसफाइ समेत गरि फोहोर फाल्ने डस्टबिनको समेत व्यवस्था गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुनारले बताए ।उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र जिल्ला समन्वयका प्रमुख मोहन थापा मगर प्रमुख आतिथ्यता भएको कार्यक्रममा वडाअध्यक्ष, वडा सदस्यहरु, विद्यालयका शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थिए ।
