२८ फागुन काठमाडाैँ ।दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन सुरूवात गरेका छन् । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले ७० वटा घरमध्ये ५० जनाले पहिलो किस्ताबापतको मुुआब्जा बुझेर घर भत्काउन शुरु गरेका हुन् ।
पहिलो किस्ता लिएकामध्ये १३ जनाले आफैँ घर भत्काउन शुरु गरेका छन् । मुग्लिन–पोखराको पूर्वी सडक खण्ड विस्तारपछि सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटरको हुनेछ ।पृथ्वी राजमार्ग सडकअन्तर्गत पूर्व–पश्चिम गरी दुई खण्डमा अहिले सडक विस्तारको काम भइरहेको छ ।