Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका नारायण दाहाल ३९ मतसहित विजयी

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका नारायण दाहाल ३९ मतसहित विजयी

जोईन खबर

२९, फाल्गुण २०८०
  • 634
    SHARES
  • राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका  नारायण दाहाल ३९ मतसहित विजयी

    २९ फागुन काठमाडाैँ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माअाेवादी केन्द्रका नारायण दाहाल ३९ मत सहित विजयी  भएका छन्

    images

    अाज भएकाे राष्ट्रिय सभा अध्यक्षकाे मतदानमा ५६ जना सांसद सहभागी मध्ये  दाहालको पक्षमा ३९ र अर्का  विपक्षमा १७ मत परेको छ ।यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।

    images
    images
    images

    दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।अर्का कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

    नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीका अनुसार दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् ।२०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।

    प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - १४:४२:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको