२९ फागुन काठमाडाैँ ।बैतडीमा नेकपा एमालेकाे नवौं जिल्ला कमिटि अधिवेशनबाट सम्पन्न भएकाे छ । यस अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
पाटनमा जारी अधिवेशनले अध्यक्षमा नरेशकुमार बिकलाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्टलाई सर्वसम्मत चयन गरिएको छ । यस समितिकाे सदस्यमा पनि सहमतिको प्रयास भइरहेको एक नेताले बताए ।