२ चैत काठमाडौँ । आज पाँच बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रवार साँझ पाँच बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बतायो ।