Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरबीबीएल–इशान कप फुटसल शनिबारदेखि सुरू

आरबीबीएल–इशान कप फुटसल शनिबारदेखि सुरू

जोईन खबर

२, चैत्र २०८०
  • 829
    SHARES
  • आरबीबीएल–इशान कप फुटसल शनिबारदेखि सुरू

    २ चैत काठमाडाैँ । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा आरबीबीएल–इशान कप तेश्रो फुटसल प्रतियोगिता शनिबारदेखि सुरू  हुने भएको छ । प्रतियोगितामा १६ संस्थाका १८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा इशानका अध्यक्ष रामविनय श्रेष्ठले जानकारी  दिनु भएकाे छ ।

    images

    सहभागी टिमहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनएलजी इन्स्योरेन्स, नागरिक उड्डयन प्राधिकरण, माछापुच्छ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र, सीटीइभीटी, नागरिक लगानी कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् । विद्युत र वायुसेवा निगमबाट २–२ टिम सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

    images
    images
    images

    राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख १५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु सोल्टीमोडस्थित चैत्य फुटसल रिक्रिएसन सेन्टरमा खेलाइने  भएकाे हाे ।

    प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - १५:००:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको