Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बसेको प्रतिनिधि सभा बैठक काँग्रेसको विरोधपछि स्थगित

आज बसेको प्रतिनिधि सभा बैठक काँग्रेसको विरोधपछि स्थगित

जोईन खबर

२, चैत्र २०८०
  • 730
    SHARES
  • आज बसेको प्रतिनिधि सभा बैठक काँग्रेसको विरोधपछि स्थगित

    २ चैत काठमाडौँ । आज बसेको प्रतिनिधि सभा बैठक काँग्रेसको विरोधपछि स्थगित  भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा मागेर बैठक मा नै विरोध गरे पछि बैठक स्थगित भएको हो ।

    images

    काँग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै काँग्रेसले विरोध जनाएका थिए ।नेपाली काँग्रेसले उक्त बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा विधेयक पेस गर्न नदिने अडान लिएको छ।

    images
    images
    images

    आज गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। तर, त्यसमा काँग्रेसले अवरोध गरेको हो।

    काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने प्रधानमन्त्रीको जवाफ नआएसम्म गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न दिँदै भन्दै काँग्रेसले विरोध जनाउँदै अवरोध गरेपछि  प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि बैठक स्थगित  गरिएको हो । 

    प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - १६:१५:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको