२ चैत काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले म आफू मन्त्री रहुञ्जेल सम्म म मेराे काम निरन्तरता बताएका छन् ।आज शुक्रबार भएकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले डटेर काम गर्ने बताएका हुन् ।
आज प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो राजीनामा माग्दै वेल घरेको घटनामाथि प्रतिक्रिया जनाउँदै उनले भने, ‘कांग्रेसको नारा चर्को होला, राजीनामा दे भन्ने होला ।
म आफ्नो काम गरिरहन्छु,मलाई यो शक्ति नेपाली जनताले दिएका हुन् ।मैले प्राप्त गरेको यो शक्ति नेपाली जनतालाई ब्याजसहित फिर्ता गर्नका लागि आएको हो ।