Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ट्रकमा बस ठोक्किँदा एकको मृत्यु चार घाइते

ट्रकमा बस ठोक्किँदा एकको मृत्यु चार घाइते

जोईन खबर

४, चैत्र २०८०
  • 802
    SHARES
  • ट्रकमा बस ठोक्किँदा एकको  मृत्यु चार  घाइते

    ४ चैत काठमाडौँ । चितवनमा ट्रकमा बस ठोक्किँदा एकको  मृत्यु चार घाइते भएका  छन् । नारायणगढ–मुग्लिङ सडकखण्डमा रौतहटको गौरबाट कास्की पोखरातर्फ जाँदै ग१ख ८५२४ नम्बरको बस ना ६ख ३५८० नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको  वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    images

    दुर्घटनामा परी गम्भीर घाइते भएका भारतको मोतिहारीका ३७ वर्षीय गौरी दासको उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस गए राती आइतबार बिहान करिब २ः४० बजे बाटोछेउमा रोकिराखेको ट्रकमा बसको चक्का पन्चर भई ठोक्किएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा घाइते  हुनेमा पर्साको वीरगन्ज महानगरपालिकाका ३३ वर्षीय हाकिम मियाँ ट्रक चालक,बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाका २५ वर्षीय पूजा गुप्ता,अर्का सवार दुई भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएका छन् । घाइतेहरू चारै जनाको भरतपुरको नयाँ मेडिकल कलेजमा  उपचार भइरहेको प्रहरीले बताए । घटना सम्बन्धि थप अनुसन्धना भइ रहेको छ ।  

     

     

     

    प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - १०:३७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको