५ चैत काठमाडौँ । केही दिनअघि विराटनगरको नोबेल अस्पतालमा कार्यरत् नर्स मृत अवस्थामा फेला परेकी उनको हत्यामा संलग्न रहेको आशंका गरिएका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन् । नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
मृत्त नर्स आफनो कोठाको शौचालय फेला परेकी हुन भने प्रहरीले खोजी गर्दा उनका प्रमीलाई विराटनगर महानगरपालिका–४ स्थित होटल फाइनको एउटा कोठामा उनी झुण्डिएको अवस्थामा हिजो राति फेला परेको प्रहरीले जनाएको छ ।
नोबेल अस्पतालमा कार्यरत् २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न रहेको संकेतका आधारमा प्रहरीले घटना पछि खोजतलास गर्दै गदौ उक्त २२ वर्षीय शिवशंकर दास होटलमा मृत फेला परेका हुन् भन, प्रहरीको अनुमान अनुसार उनको आत्महत्या भएको बताएका छन् ।
घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो ।प्रहरीले अनुसन्धानका क्रममा प्रेमी शिवशंकरले उनको हत्या गरेको केही संकेत पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । उक्चत खाजी कार्य भई रहदा उनको मृत्त शव एक होटलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । घटना सम्बन्धि थप अनुसन्धान भई रहेको छ ।