६चैत काठमाडौँ । आज हुने प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँने भएका छन्। प्रतिनिधिसभा बैठकको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। यही बैठकमा प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन्। यसका लागि संसद् सचिवालयमा सांसदले पहिले नै प्रश्न टिपाइसकेका छन्।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरअन्तर्गत संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने प्रावधान छ।प्रधानमन्त्रीले यसअघि फागुन ६ गते सांसदले राखेका प्रश्नको जवाफ दिएका थिए।