६ चैत काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्ष क्षेत्रमा सरुवा वा बढुवाका लागि सोर्सफोर्स लगाउन खोज्नेहरुको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन्।
आइतबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्, जो कोहीले पनि आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको पदमा नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ बार्गेनिङको गन्ध मात्र पनि थाहा पाएको खण्डमा उजुरी गर्न समेत सबैमा अनुरोध गरेकी छन्।त्यस्तो कुनै पनि कारण थाहा पाएकाृ खण्डमा उनीहरुलृ गरेको कामको मूल्याङ्कनबाट नम्बर घटाउने बताएकी हुन्। सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला भनि complaints@moest.gov.np पठाउन अनुराेध गरेकि छन्।
उनले थप लेखेकी छन्, ुकहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्न अनुरोध गरेकी छन् ।