६ चैत काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेले सहकारी हिनामिना गरेको प्रमाण कतै नभेटिएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सासंदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
गृहमन्त्री रविले सहकारी हिनामिना गरेको प्रमाण कतै भेटिएको छैन् । प्रधानमन्त्री प्रचण्डले भने उहाँले ऋण मात्रै लिएका हुन् । अनुसन्धानबाट पुष्टि भए कारबाही हुन्छ ।