७ चैत काठमाडौँ । अब घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । राष्ट्रिय सभामा प्रस्तुत आगामी आर्थिक वर्षमा आउने बजेटको प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले सामाजिक संरक्षणका कार्यक्रमलाई बजेटमा समावेश गरि आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता अर्थमन्त्री पुनले जानकारी गराए ।
उनले मंगलबारमात्रै सत्ता साझेदार पाँच दलले नीतिगत व्यवस्था र साझा संकल्प सार्वजनिक गरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले त्यस आधारमा बजेट आउने पनि बताएका छन् । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइने उनको प्रतिबद्धता समेत गरेका छन् ।