Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा सम्भावना

आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा सम्भावना

जोईन खबर

८, चैत्र २०८०
  • 736
    SHARES
  • आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा सम्भावना

    ८ चैत काठमाडौँ । पश्चिमी विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावको कारणले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images

    महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना  छ । काठमाडौँमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । 

    images
    images
    images

    कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र  चट्याङ्सहित  सामान्य वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ ।

     

     

    प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - १०:३९:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको