८ चैत काठमाडौँ । उपाप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन भ्रमणमा जाने भएका छन्। मन्त्री श्रेष्ठ आउने आइतबार बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो।परराष्ट्रमन्त्री श्रेष्ठले चीनमा समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछन्।
उनीहरूबीच बेइजिङमा बिआरआई परियोजना कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो।
चिनियाँ विदेश मन्त्रालयले पनि नियमित पत्रकार सम्मेलनमा नेपालको बदलिँदो सत्ता समीकरणसँग मिलेर काम गर्ने बताएको थियो।बिआरआई परियोजना कार्यान्वयनको विषयलाई चीन सरकारले महत्व दिँदै आएको छ।