८ चैत काठमाडौँ । रातीको समयमा सवारी साधन चलाउने नागरिकहरुलाई सहज हुुने भनि २४ सै घण्टा पेट्रोल पम्प खुला राख्निे भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजो चैत ७ देखि लागु हुने गरी २४ सै घण्टा खुला गरिने भएको हो ।
नयाँ गठबन्धानबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हलचोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।
यस भन्दा अघि नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प बिहान देखि बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प बिहान देखि बेलुका १० बजेसम्म खुला हुने गरेको थियो, भने हिजो देखि गृहमन्त्रीको निर्देशनअनुसार २४ सै घण्टा खुल्ला हुने भनि सार्वजानिक गरिएको हो ।