Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिमसेन थापामा  २४. ४ मिटर लम्वाईको बेलिब्रिज पुल ४ महिनामा सम्पन्न

भिमसेन थापामा  २४. ४ मिटर लम्वाईको बेलिब्रिज पुल ४ महिनामा सम्पन्न

जोईन खबर

९, चैत्र २०८०
  • 775
    SHARES
  • भिमसेन थापामा  २४. ४ मिटर लम्वाईको बेलिब्रिज पुल ४ महिनामा सम्पन्न

    ९ चैत काठमाडौँ । गोरखाको  भिमसेन थापा गाउँपालिका–८ घाटवेशी र वडा नम्वर ४ बालिमटार जोड्ने गरि  तान्द्राङ खोलामाथि बेलिब्रिज पुल चार महिनामै सम्पन्न भएको छ । गाउँपालिकाले बेनिघाट आरुघाट लार्के सडकखण्ड अन्तरगत पर्ने उक्त खोलामाथि २४.४ मिटर लम्वाईको बेलिब्रिज निर्माण भएको हो । गोरखा सडक योजनाले जलप होम जेभीसँग २०८० मंसिर १५ गते एक बर्ष भित्र काम सक्नुपर्ने  भनि ३ करोड ८९ लाख ८३ हजार ९भ्याट सहित०  सम्झौता  गरिएको कार्यालयले जनाएको छ ।

    images

    निर्धारित समय भन्दा ६ महिना  अगावै पुल निर्माण सम्पन्न भएको  कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए । पुलसँगै वारीपारी ५०र५० मिटर ‘एप्रोच रोड’ समेत निर्माण भएको उनले जानकारी दिए ।  यसअघि पक्की पुलको डिपिआर भएपनि बुढीगण्डकी आयोजना डुवानका कारण बेलिब्रिज निर्माण गरिएको इन्जिनियर श्रेष्ठले बताए ।

    images
    images
    images

    गोरखामा उत्पादित कृषि उपजको बजार व्यवस्थापनका लागी वेनिघाट,काठमाण्डौ लगायतका ठाउँमा लैजान समेत सहज हुने अपेक्षा गरिएको छ ।इन्जिनियर श्रेष्ठका अनुसार पहिले पक्की पुलकै डिपिआर तयार भएको थियो, तर बुढीगण्डकी आयोजना डुवान क्षेत्रमा पर्ने भएकाले बेलिब्रिज हालेको हो । डुवान नहुदाँसम्म यही पुलले काम गर्छ, डुवान हुने बेला निकाल्न मिल्ने बताए । उक्त पुलबाट गोरखाको तिन पालिका भीमसेन थापा, आरुघाट, धार्चे, चुमनुव्री सँगै गोरखाको छिमेकी जिल्ला धादिङका स्थानीय समेत लाभान्वित हुने बताइएको छ । 

    प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १२:४३:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको